कम्पनीको खरिद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक राजश्व विभागले खरिद तथा बिक्री खाता प्रमाणीकरणको म्याद थप गरेको छ ।

कोरोना महामारीको मार खेपिरहेका व्यवसायीहरूको आग्रहपछि राजश्व विभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो । जसबाट व्यवसायी लाभान्वित हुनेछन् ।

व्यवस्थाअनुसार मासिक कर बुझाउने करदाताले साउन र चौमासिक कर बुझाउने ग्राहकले कात्तिक मसान्तमा खाता प्रमाणीकरण गर्नुपर्छ ।

व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेका थिए । तर विभागले उनीहरूको सहजतालाई ध्यानमा राख्दै पुससम्म म्याद थप गरेको थप गरेको हो ।

खाता प्रमाणीकरणको म्याद साउन मसान्तसम्म मात्रै तोक्दा राजस्व कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्ने गरेको थियो।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६(३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानुनी प्रावधान छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।