पछिल्लो २४ घण्टामा भारतमा हालसम्मकै सर्वाधिक संक्रमित भेटिए, ४१ हजार बढी संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ६२ हजारभन्दा बढीमा कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । 

मृतक संख्याका आधारमा भारत विश्वको पाँचौं अति प्रभावित देशमा पर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।