एसिड आक्रमणमा परेका थापालाई २० हजार सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौँ । एसिड आक्रमणमा परेका नुवाकोट बिदुरका राजाराम थापालाइ हेम थापा र माया थापा दम्पतीले आर्थिक सहयोग गर्ने भएका छन ।

आफ्नै श्रीमतीद्वारा एसिड आक्रमणमा परेका नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं १३ निवासी बर्ष २६ का राजाराम थापालाइ समाजसेवी हेम थापा र माया थापा दम्पतीले २०,०००( बिस हजार ) रूपैया सहयोग गर्ने भएका हुन । सहयोग रकम राष्ट्रिय नागरिक समाजका प्रतिनिधि मार्फत हस्तान्तरण हुनेछ ।

आफ्नै  श्रीमतीबाट एसिड आक्रमणमा परेका उनि ३-४ महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन ।

श्रीमतीसँग सामान्य मनमुटाव , शंखा उपशंखकाे कारण एक दिन सुतिरहेको अबस्थामा श्रीमतीले तेजाब (एसिड) हाल्दा उनकाे अनुहार सहित शरीरको भिभिन्न भाग जलि उनको अबस्था गम्भीर हुन पुगेको हो ।

यातायात मजदुरको रूपमा काम गर्दै जीविकोपार्जन गरि बसेका उनको उपचारमा समस्या भए पश्चात् उनले सबैसङ आर्थिक सहयोगका लागिअपिल गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।