प्रहरीले राम्रो काम नगरेको खण्डमा सर्वसाधारणले सिधै हेडक्वार्टरमा उजुरी दिन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले राम्रो काम नगरे सेवाग्राहीहरुले सिधै हेडक्वार्टरमा उजुरी दिन सक्ने भएका छन्।

प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले बुधवारदेखि सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर उचित तवरबाट सम्बोधन गर्ने भएको हो।

प्रहरी सेवा प्राप्त नभएमा, प्रहरी कर्मचारीहरु आफ्नो कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा सेवाग्राहीले उजुरी दिन सक्ने व्यवस्था प्रधान कार्यालयले गरेको छ।

त्यस्तै, कानुन विपरीत थुनामा राखेमा, सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दबाब दिएमा र अन्य प्रहरी कामकारबाही सम्बन्धमा तत्कालै उजुरी वा गुनासो गर्न सकिने प्रधान कार्यालयले जनाएको छ।

त्यसका लागि सम्पादनको क्रममा प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमी कमजोरी, लापरबाही एवं आर्थिक अनियमितता तथा गैर व्यावसायिक कार्यलगायतका विषयहरुमा सूचना लिन वा दिनका लागि सम्पर्क माध्यमहरु समेत तोकिएको छ।

जसअनुसार टोल फ्रि नम्बर १११३, कार्यालय समयभित्र ०१–४४१००७९, मोबाइल नम्बर ९८५१२९३००० तथा इमेल ठेगाना [email protected][email protected] मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।