कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा भीषण आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको आगलागीमा परेर ८ जना बिरामीको मृत्यु भएको बीबीसी हिन्दीे लेखेको छ ।

सेरी नामक अस्पतालको आईसीयू वार्डमा आगो लागेको थियो। अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । बीबीसीका अनुसार आगलागीपछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको हो ।

आगो करिब एक घण्टाभित्र नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ ।

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।