फेरि बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउ फेरि उकालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ११ सयले बढेको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख २ हजार निर्धारण गरिएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।