भारतमा संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा विश्भरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। समग्र संक्रमण अनुपातको तेस्रो नम्बरमा रहेको भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका छन्।

वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ का कारण ९१९ जनाको मृत्यु भएको छ।

हिजो अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए। यससँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ। 

यसैगरी, हालसम्म साउथ अफ्रिकामा पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना संक्रमण देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।