आजदेखि पुन: जोरबिजोर प्रणाली लागु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।सरकारले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको निष्कर्ष गर्दै आजबाट सवारी साधनमा पुनः जोरविजोर प्रणाली लागू गर्दैछ । 

गृह मन्त्रालयले बुधबार हिजो नै सुचना प्रकाशित गर्दै आजबाट यातायातमा पुनः जोरविजोर प्रणाली लागू गरेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमै महामारी बढ्ने जोखिम बढेपछि सरकारले आजदेखि सवारीसाधनमा पुन: जोरबिजोर प्रणाली लागू गरेको छ।

सवारीसाधनमा लगाइएको जोरबिजोरको नियम काठमाडौं उपत्यका र २०० बढी सक्रिय कोरोना संक्रमित भएको जिल्लामा लागू हुनेछ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन संक्रमण दर घटेको ठहरसहित ७ साउनबाट हटाइएको थियो।। त्योसँगै छोटो दूरीका सार्वजनिक सवारी, होटल/व्यवसाय खुलाइएका थिए। 

तर, सार्वजनिक स्थलहरूमा पुन: भीड बढ्न थालेको र सर्वसाधारणले कोभिड-१९ को जोखिमलाई बेवास्ता गरेकोले समुदायस्तरमै संक्रमण फैलिनसक्ने भन्दै पुन: लकडाउन गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। 

लकडाउन खुलेयता दिनहुँ संक्रमित थपिएसँगै सरकारले कोभिड-१९ विरुद्ध नयाँ योजनाहरू अघि सार्न गृहकार्य थालेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।