मदन पुरस्कार-२०७६ का लागि ७ कृति मनोनयनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । मदन पुरस्कार-२०७६ का लागि सात वटा पुस्तक (कृति) मनोनयनमा परेका छन् ।

मदन पुरस्कार गुठीले प्रेस विज्ञप्ति जारी गर्दै मनोनयनमा परेका सात ओटा कृतिको नाम सार्वजनिक गरेको छ । गुठीमा प्राप्त भएका  १५१ कृतिहरुबाट उत्कृष्ट सात कृति छानिएको हो । 

छनोट भएका पुस्तकहरुमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धमर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका छन्। छनौटमा परेका यी पुस्तकमध्येबाट एउटा पुस्तकलाई ‘२०७६ सालको मदन पुरस्कार’ दिइनेछ।

वि.सं. २०१२ सालमा यो पुरस्कारको स्थापना गरिएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखनलाई यो पुरस्कार दिइँदै आएको छ। पुरस्कारको राशिमा समय–समयमा परिवर्तन हुँदै आएको छ। वि.सं. २०७५ देखि नगद चार लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ। साहित्य तथा लेखन क्षेत्रमा मदन पुरस्कारलाई प्रतिष्ठित मानिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।