काठमाडौं । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलिन थालेपछि नुवाकोट सहित देशभरका विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
थप विवरण तलको सूचनामा :
Comment