एनसेल अब एनसेल आजियटा लिमिटेड, सर्वसाधारणमा शेयर जारी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते सोमबार एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।

योसँगै एनसेल प्रालि अब एनसेल आजियटा लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

जसमा पाँच करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने व्यवस्था छ । एनसेलको चुक्ता पूँजीे १० करोड रुपैयाँ छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै अब एनसेलले सर्वसाधारणलाई शेयर बिक्री गर्नु पर्ने हुन्छ । कम्पनीले बढीमा २० प्रतिशतसम्म शेयर सर्वसाधारणमा बिक्री गर्न सक्छ ।

एनसेलको ८० प्रतिशत शेयर हाल एजियटा र बाँकी २० प्रतिशत शेयर स्थानीय साझेदार भावना सींह श्रेष्ठसँग छ ।

 एनसेलले आर्थिक वर्ष २०७६/७७ को सबैभन्दा ठूलो करदाता कम्पनी पनि हो । एनसेलले आयकर वापत मात्रै सरकारलाई ३३ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ।

एनसेलले अघिल्लो आर्थिक वर्ष लाभकर वापत भुक्तानी गरेको २२ अर्ब रुपैयाँ तथा लाभकरबाहेक ११ अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा तीन अर्ब २१ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा एनसेलले आयकर र भ्याट दुवै जोडेर सरकारलाई ३७ अर्ब १६ करोड रुपैयाँ कर तिरेको छ।काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते सोमबार एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।योसँगै एनसेल प्रालि अब एनसेल आजियटा लिमिटेडमा रुपान्तरण भएको हो । कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

जसमा पाँच करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने व्यवस्था छ । एनसेलको चुक्ता पूँजीे १० करोड रुपैयाँ छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै अब एनसेलले सर्वसाधारणलाई शेयर बिक्री गर्नु पर्ने हुन्छ । कम्पनीले बढीमा २० प्रतिशतसम्म शेयर सर्वसाधारणमा बिक्री गर्न सक्छ ।

एनसेलको ८० प्रतिशत शेयर हाल एजियटा र बाँकी २० प्रतिशत शेयर स्थानीय साझेदार भावना सींह श्रेष्ठसँग छ ।

 एनसेलले आर्थिक वर्ष २०७६/७७ को सबैभन्दा ठूलो करदाता कम्पनी पनि हो । एनसेलले आयकर वापत मात्रै सरकारलाई ३३ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ।

एनसेलले अघिल्लो आर्थिक वर्ष लाभकर वापत भुक्तानी गरेको २२ अर्ब रुपैयाँ तथा लाभकरबाहेक ११ अर्ब रुपैयाँभन्दा बढी आयकर बुझाएको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा तीन अर्ब २१ करोड रुपैयाँ भ्याट भुक्तानी गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा एनसेलले आयकर र भ्याट दुवै जोडेर सरकारलाई ३७ अर्ब १६ करोड रुपैयाँ कर तिरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।