पर्सामा कोरोना संक्रमणबाट १८ वर्षीया युवतीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

गत सोमबार निधन भएकी पर्साकी पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । उनी पखालाबाट ग्रसित थिइन् ।

उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । उनको मृत्युबारे मन्त्रालयबाट घोषणा हुन भने बाँकी छ ।

अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ५९ पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।