काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रणमा बढिरहेको छ।
संक्रमणदरमा केही उतारचढाव आए पनि समग्रमा विश्वमा संक्रमित बढिरहेका छन्। नेपालमा पनि लकडाउन खुलिसकेपछि फेरि संक्रणम बढ्न थालेको छ। यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल समेत गरेका छन्। विज्ञहरूले फेरि लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका छन्।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ८२ लाख ३७ हजार ७४१ छ। पछिल्ला तीन दिनमा मात्र विश्वमा ६ लाख ७७ हजार ४८० संक्रमित थपिएका छन्।
विश्वमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म ६ लाख ९२ हजार ७१७ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये एक करोड १४ लाख ७३ हजार ८९२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। ६० लाख ७० हजार ८६२ जना आइसोलेसनमा छन्।
नेपालमा २१ हजार ९ जनामा संक्रमण देखिएको छ भने १५ हजार २६ जना कोरोनामुक्त भएका छन्। कोभिड–१९ बाट नेपालमा ५८ जनाको मृत्यु भएको छ भने अहिले पाँच हजार ९२५ जना आइसोलेसनमा छन्।
Comment