यस्तो छ अयोध्यामा बन्ने राम मन्दिर, मोदीले बुधबार गर्दैछन् शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज  बुधबार उत्तरप्रदेशको अयोध्यामा राम मन्दिरको शिलान्यास गर्दैछन् ।

बर्षाै लामो विवादलाई सर्वाेच्च अदालतले टुंगो लगाउँदै मन्दिर बनाउन पाउने फैसला गरेको थियो । 

अयोध्यामा मन्दिर बनाउने विषयलाई भारतीय जनता पार्टीले प्रतिष्ठाको विषय बनाएको थियो । अयोध्यामा राम मन्दिर की बाबरी मस्जिद भन्ने विवाद थियो । अयोध्यालाई बौद्ध धर्मावलम्बीहरुले समेत आफ्नो तिर्थ मान्दै आएका छन् । 

अध्योध्या मामलामा धार्मिक हिंसा भड्किएर सैंयौं नागरिकको मृत्यु भैसकेको छ ।

अध्योध्यालाई हिन्दुहरुले रामको जन्मभूमि मान्छन् भने मुस्लिमहरुले बाबरी मस्जिदलाई आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।