पुनः २ हप्ता लकडाउन गर्न विज्ञहरुको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित जनस्वास्थ्य विज्ञसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा फेरि लकडाउन गर्न सुझाव दिएका हुन् । विज्ञहरुले अब कम्तिमा २ हप्ता लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिने भन्दै कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताएका छन् ।

उनले कोरोनाको संक्रमणको अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।