राष्ट्रिय सभाको विषयगत समितिका सभापतिको निर्वाचन २३ साउनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय सभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ।

राष्ट्रिय सभाले सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ। 

सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ। राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्नुपर्नेछ। निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सोही दिन ४ :३० बजे सूची प्रकाशन गरिनेछ। यस्तै सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने गर्ने र समर्थकले समर्थन गर्ने छन्।     

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने गरी कार्यतालिका तयार गरिएको छ। शनिबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावलीको बाधा अडकाउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका थिए। चारवटै विषयगत समितिको कार्यकाल गत शुक्रबार सकिएको थियो।-रासस  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।