नेपालमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो ।

दिउँसो ज्यान गएको उनको सोमबार साँझ आएको कोरोना नतिजा पोजेटिभ पाइएको छ । उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । उनी मधुमेहको समस्याबाट ग्रसित रहेको र पछिल्ला दिनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालको भनाई छ । उनमा कसरी कोरोना सरेको हो भन्ने स्रोत भने नखुलेको अस्पतालको भनाई छ ।

यससँगै अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मोरङमा मात्र २ जनाको मृत्यु भएको छ । उनको मृत्युलाई स्वास्थ्य मन्त्रालयले घोषणा गर्न भने बाँकि रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।