सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

एकजनाको १ जनाको जिवितै उद्धार भएको छ। प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पुरिएका मध्ये एक जना भारतीय र अन्य वीरगञ्जका रहेको प्रहरीले जनाएको छ । पहिरोबाट भारतिय नागरिक बारु साहको उद्दार गरिएको छ ।

बेपत्ता हुनेहरुमा वीरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदिप चौरसिया,२५ वर्षीय विक्रम थिंग,२३ वर्षीय मानबहादुर रुम्बा,२० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र १ जना भारतिय नागरिक राजेन्द्र चौधरी रहेको छन् । बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबाट खोजिकार्य भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।