ट्राफिक मुख्यालय सिल, एसएसपी ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ ।

कोरोना संक्रमण भएकाहरुलाई अस्पताल पठाइएको छ भने महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् ।

सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको काम भइरहेकाले सबै क्वारेन्टिनमा बसेको बताइएको छ । महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो।

क्वारेन्टिनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ। उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।