सगुनको आईपीओमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगुनमा लगानी नगर्न आग्रह गरेको छ ।

नेपालबाट कानुनी रुपमा नेपाल बाहिर लगानी गर्न नमिल्ने व्यवस्था रहेका बेला सगूनले नेपालबाट लगानी जुटाउन खाजेको भन्दै नेपाल धितोपत्र बोर्डले सचेत हुन नेपाली लगानीकर्तालाई आग्रह गरेको छ ।केहि समय अघिदेखि नै धितोपत्र बोर्डले सगुनमा लगानीबारे गरिएको प्रचारबारे अध्ययन गरिरहेको बोर्डले जनाएको छ । 

सुचनामा भनिएको छ, ‘केहि समय यता विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमहरुमा विदेशमा दर्ता भएको सगुन इन्कर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरुप्रति बोर्डको गम्भिर ध्यानाकर्षन भएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठनित संस्थाले नेपालमा धितोपत्रको निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनुपर्ने र दफा २९ (१) मा संगठनित संस्थाले एक पटकमा ५० जना भन्दा बढि व्यक्तिहरुलाई धितोपत्र विक्रि वितरण गर्ने भएमा त्यस्तो धितोपत्रको विक्रि वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने भन्ने व्यावस्था रहेको छ ।’ 

त्यस्तै, बोर्डको स्किृती बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुननको व्यावस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डको स्किृती प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न बोर्डले आव्ह्वान गरेको छ । 

अमेरिकामा स्थापना भएको सगुनले केहि समय अघि नेपालमा कार्यालय नै स्थापना गरेर सगुनमा लगानी गराउन प्रचारप्रसार गर्दै आएको थियो । त्यस्तै, भारत लगायत अन्य देशमा अफिस नै स्थापना गरेर आईपीओ बिक्रीका लागि प्रचारप्रसार गर्दै आएको छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।