लघुवित्तलाई फोर्स मर्जरमा लैजाने, हकप्रद निष्कासनमा रोक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुमा पनि फोर्स मर्जर लैजाने नीति लिएको छ । मौद्रिक नीतिमा आधारित सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले लघुवित्त वित्तिय संस्थाको लागि परिपत्र जारी गर्दै एउटै व्यक्ति र समूहद्वारा प्रबर्द्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व र नियन्त्रणमा रहेका लघुवित्त संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका संस्थाहरुलाई एकआपसमा गाँभ्न र गाभिन निर्देशन दिने जनाएको छ ।

वाणिज्य बैंकहरुलाई झै पहिलो चरणमा क्रसहोल्डिङ रहेका लघुवित्त वित्तीय संस्थाहरुलाई फोर्स मर्जर गराइनेछ । त्यसपछि बाँकी लघुवित्त संस्थाहरुलाई आवश्यकताका आधारमा मर्जरमा जानका लागि केन्द्रीय बैंकले निर्देशन दिन सक्नेछ ।

राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा मात्रै नभएर हकप्रद निष्कासनमा पनि कडाई गरेको छ । अब लघुवित्त वित्तिय संस्थाले हकप्रद निष्कासन गर्न नपाउने भएका छन् ।

मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान गरिने छैन,राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।