काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण
विभागले कर्मचारी मागेको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय
परिचयपत्रका लागि कारारमा कर्मचारी मागेको हो ।
राष्ट्रिय परिचयपत्र
उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि विभागले
वितरण दर्ता अपरेटर १७६ जनाको लागि करारमा भर्नाका लागि दरखास्ता आह्रान
गरेको छ । जसमा सर्लाहीमा ६३, कास्कीमा ६० र सप्तरीको लागि ५३ जना माग
गरेको हो ।
सूचना प्रकासित भएको मितिले १५ दिन भित्रमा निवेदन दिन
भनिएको छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले
दरखास्त दिन सक्ने छन्। त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र
सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ।
Comment