नेप्से परिसूचक ७.५९ अंकले घट्यो,एक अर्ब २५ करोड बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सेयर बजारमा मंगलबार पनि ओरालो लागेको छ । सोमबार २.६४ अंकले अंघटेको बजार बुधबार ७.५९ अंकले घटेको हो ।

सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ । मंगलबार १८५ कम्पनीको १ अर्ब २५ करोड ८४ लाख ३६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ । यो हिजोको तुलनामा करिब ५६ करोडले कम हो । आज ३२ लाख ४४ हजार ५८१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका १२ वटा समूहमध्ये म्युचुअल लगानी कोष र वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५ सय ६६ रुपैयाँ रहेको छ ।

बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य क्रमशः ९.९४ र ९.०९ प्रतिशतले बढेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।