हत्या अभियोगमा पाँच पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।
भरतपुर महानगरपालिका–१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–४ घर भई भरतपुर महानगरपालिका–१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका–१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका घर भई सोही स्थान बस्ने २४ वर्षीय सागर ओली, भरतपुर महानगरपालिका–८ बस्ने ३१ वर्षीय  प्रकाश विक र एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
 
हत्यामा संलग्न दुई फरार रहेका छन् गुरुङले कमल गन्धर्वसँग ठेला रिक्सा केही समयका लागि मागी लगेको र सोही ठेला पदमपुरमा लगी बिक्री गरेको भन्ने विषयमा विवाद हुँदा गुरुङको हत्या भएको  अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । –रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।