नेप्से परिसूचक २.६४ प्रतिशतले घट्यो,दुई कम्पनीको शेयर मूल्यमा सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार २२ अंकले बढेको बजारमा सोमबार ०.१८ प्रतिशतले घटेको हो ।

सुरुवातको १५ मिनेटअघि केही बढेपछि त्यसपछि घटेको नेप्सेमा केही सुधारको संकेत देखा परेपनि अल्पकालीन लगानीकर्ताहरुबाट नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न पुगेको हो।

सेयर बजार मापक सूचक नेप्से २.६४ अंकले घटेर १४६२.४८ विन्दुमा आइपुगेको छ । आज १८७ कम्पनीको १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५७ हजार १६१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ समूहको घटेको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको समूहको परिसूचक सबैभन्दा धेरै १२.४६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५०.४१ अंकले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो  फेसबुक पेजका  साथै ट्वीटर  युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।