भुवन र साम्राज्ञीबीच विवाद: क्षतिपूर्ति दाबी गर्दै भुवनले गरे मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद उत्कर्षमा पुगेको छ ।

सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको विवाद जिल्ला अदालत काठमाडौंमा समक्ष पुगेको हो । केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् । 

साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप लगाएकी थिइन् । भुवनले आफूमाथि नायिका साम्राज्ञीले बेइज्जती गरेको रिटमा जिकिर गरेका छन् । 

आफूमाथि निराधार र गलत आरोप अभिनेत्री शाहले लगाएकाले उनीविरूद्ध गाली बेइज्जती, चरित्र हत्या सम्बन्धी मुद्दा दर्ता गरेको अभिनेता केसीले बताएका छन्। उनले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै अभिनेत्री शाहलाई कारबाही गर्न माग गरेका छन्।

तर, अभिनेता केसीले भने आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री शाहविरूद्ध कलाकार संघमा उजुरी दिएका थिए। तीन वटा फिल्म छायांकनका क्रममा र जापानमा भएको अवार्ड कार्यक्रममा अभिनेता केसीले आफूलाई दुर्व्यवहार गरेको आरोप अभिनेत्री शाहको छ।

अभिनेता भुवनले भने अभिनेत्री शाहले लगाएको आरोप अस्वीकार गर्दै आएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।