भूकम्प, कोरोनापछि अब बाढी पहिरो लक्षित छुट्टै बीमा पोलिसी ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा समितिले बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिलाई लक्षित गरेर छुट्टै बीमा पोलिसी बनाउने भएको छ । 

बाढी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि समितिले त्यसलाई आर्थिक सुरक्षण दिने उद्देश्यले बेग्लै बीमा पोलिसी बनाउने प्रक्रिया अघि बढाएको हो ।

२०७२ सालको भुकम्पअघि घोषणा गरिएको भूकम्प बीमा पनि बेग्लै नल्याई अग्नी बीमामा समावेश गरिएको थियो ।

नेपाल बाढी पहिरोको चरम जोखिममा रहेको र त्यसले हरेब वर्ष अमूल्य जीवन तथा अर्बौंको सम्पत्तिमा क्षति पुर्याइरहेकाले त्यसलाई सम्बोधन गर्न विशेष प्रडक्ट आवश्यक रहेको बीमा क्षेत्रको नियामकको भनाइ छ ।

सम्पत्ति तथा ज्यानको बीमालाई हाल सञ्चालनमा रहेका सम्पत्ति तथा दुर्घटना बीमामा समावेश गरिने संभावना रहेको समितिले बताएको छ । त्यसका लागि स्थानीय तहसँग समेत समन्वय गर्ने नीति बनिरहेको छ ।

अहिले उसले नयाँ बीमा प्रडक्टका लागि शुल्क तथा अन्य विषयका बारेमा अध्ययन गरिरहेको छ । सो कार्य सकिएपछि पोलिसीका लागि निर्देशिका तथा प्रक्रिया निर्धारण गरिने छ र कम्पनीहरुलाई सो प्रडक्ट सञ्चालन गर्न अनुमति दिइने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।