काठमाडौं । सुनको मूल्य आज (शुक्रबार) अहिलेसम्मकै उच्च भएको छ।
बिहिबार तोलामै ९४ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि १३ सयले बढेर हालसम्म कै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३६५ पुगेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज बढेर प्रतितोला ११५० पुगेको महासंघले जनाएको छ ।
Comment