अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि मुम्बाईको नानावटी अस्पतालमा भर्ना भएका अमिताभ र अभिषेकले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरुका कोरोना नेगेटिभ देखिएपनि एक दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतिय मिडियाले बताएका छन् । 

उनीहरुलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको बताइएको छ । त्यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।