बैंकिङ प्रणालीमा अधिक तरलता, व्यवस्थापनका लागि रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि बिहीबार राष्ट्र बैंकले रिभर्स रिपोमार्फत राष्ट्र बैंकले उक्त पैसा बजारबाट झिक्न लागेको हो ।

बैकिङ प्रणालीमा अहिले १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।

सोही कारण तरलता सन्तुलन राख्न बिहीबार २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो ।

राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको यस रिभर्स रिपो साउन १५ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

लकडाउनको कारणले बैंकहरुको कर्जा लगानी बढ्न नसकेपनि निक्षेप संकलन बढ्दै जाँदा तरलता ह्वातै बढेको हो। तरलता उच्च भएपछि पछिल्लाे समय बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।