नेपालमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो ।

पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो ।

त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो । कुल संक्रमितमध्ये ४२ जनाको मृत्यु भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।