नेप्से परिसूचक १७.५० अंकले घट्यो,टिकेन मौद्रिक नितिको उत्साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोबार खुलेको दुईदिन उतारचढाव देखिएको बजार निरन्तर ओरोलो लागि रहेको छ । बुधबारको नेप्से परिसूचक १७.५० अंकले घटेर एक हजार ४३२.४४ विन्दुमा ओर्लिएको छ।
त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन १.२७ प्रतिशत अर्थात ३.९० अंक घटेर ३०३.१४ विन्दुमा झरेको छ।
यस दिन १८३ कम्पनीको ३८ हजार ९३८ पटकको कारोबारमा १ अर्ब ५३ करोड २५ लाख ११ हजार रुपैयाँ बराबरको ३५ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सो दिन कारोबारमा आएका दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७१ अंकले घटेको छ । होटल र म्युचअल फण्ड समूह क्रमशः १३४ र ०.०७ अंकले उकालो लागेको छ ।
बुधबार तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । ओरियन्टल होटलको मूल्य १० प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ९.९५ प्रतिशत र सोल्टी होटलको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ।
सो लघुवित्तको यस दिन १८ करोड १५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक गुमाउने कम्पनीहरुको सूचीमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।