सुनको भाउमा रेकर्ड ब्रेक, एकैदिन १३ सय रुपैयाँ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको भाउले फेरि रेकर्ड ब्रेक गरेको छ ।

बुधबार एकैदिन सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।