सवारीको जोर विजोर प्रणाली हट्यो,के-के मा छ अझै प्रतिबन्ध ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ ।

मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानाकारी दिए ।

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।

होटल तथा रेष्टुरेन्ट मा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना  सञ्चालन गर्न नपाइने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।