वीपी स्मृति दिवसमा तरुणद्धारा बालआश्रमलाई स्वास्थ्य सामग्री सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जननायक वीपी कोइरालाको ३८ औं स्मृति दिवस मंगलबार कांग्रेस र उसका भातृसंगठनहरुले विभिन्न कार्यक्रम गरी कोइरालाको योगदानको स्मरण गरिएको छ ।

काठमाडौं उपत्यकासहित मुलुकभर मंगलबार बिहानैदेखि विभिन्न कार्यक्रम गरी वीपीलाई स्मरण गरिएको छ ।

यसैक्रममा नेपाल तरुण दलले बालआश्रमलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतसहितका नेताहरु बालआश्रम पुगेर फलफुल, मास्क, स्यानिटाइजर, साबुनलगायत सामग्री सहयोग गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायत सहभागी भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।