पानीको बहाव यो वर्षकै उच्च, कोशी ब्यारेजका ४८ ढोका खोलिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खुल्ला गरिएको छ ।

बिहानको मापनअनुसार पानीको बहाव ३ लाख २९ हजार ३ सय ८० पुगेपछि ४८ वटा ढोका खोलिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव वर्षकै उच्च हो ।

सप्तकोसीमा बाढी उर्लिएको र पानीको बहाव उच्च भएपछि तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । कोसी ब्यारेज भएर भइरहेको पानीको बहाव १ लाख ५० हजार पुगेपछि खतराको सूचक रातो बत्ती बाल्ने गरिन्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।