बिपि स्मृतिमा ग्रीन र क्लिन धनगढी अभियानमा झाडु लगाईयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी ।  महामानव बिपि कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको निर्देशन बमोजिम ग्रीन र क्लिन धनगढी नारा दिई सुदुरपश्चिम प्रदेशकै ठूलो उपमहानगर पालिकामा लक डाउन पछि सयौं युवाहरूले झाडु लगाएर सरसफाई गरेका छन् ।

सरसफाईमा सहभागीको लागि नेपाल दलित विद्यार्थी संघलाई हरिपृयाप्रकाश फाउन्डेसन मार्फत युवानेता क्षितिज भण्डारीले मास्क लगायत स्वास्थ्य सामाग्रीमा प्रदान गरेभने  ८०वटा झाडु उपमहानगर पालिकालाई नेता तपेन्द्र भुषाल, रक्षा महरा, भिम पडाल, भक्त बिष्ट, गजेन्द्र शाही र शम्भु लामिछाने मार्फत हस्तान्तरण भएको छ ।

कार्यक्रमको उदघाटन मेयर नृप ओढ, प्रदेश सासंद टेक बा रैका, अम्बी थापा, नन्दा बम,

उपमेयर सुशीला मिश्र, कांग्रेस उपसभापति प्रकाश बम, गोबिन्दराज जोशी, नारायणदत्त भट्ट सहित शिर्ष नेताले सयुक्त रूपमा गरेको नेता तपेन्द्र भुषाल ले बताए ।

कोरोना त्रास हटाउदै नगर सरसफाई गर्ने नेताहरु  कलावती जोशी, गोमा जोशी, पुष्पा भट्ट, नृप सुनार, केशब मिश्र, बिनय लामा, बब्लु चौधरी, नारायण सत्याल, यज्ञराज उपाध्याय, अमृत बिसि, भेष बम, डण्डीराज सुबेदी, निराजन खड्का र अध्यक्ष दिपक बिक रहेका थिए ।  पुन: ६ गते बिहान ढुङ्गेबजारमा बृक्षारोपण कार्यक्रम रहेको जिल्ला सभापति मनु शाहले बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।