सेयर बजार बुम,खुलेको ३५ सेकेन्डमै नेप्सेमा लाग्यो फेरि सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कारोबार खुलेको एक मिनेट पनि नहुँदै पहिलो पोजेटिभ सर्किट लागेको नेप्सेमा २० मिनेट कारोबार रोकिएर खुलेको अर्को  १ मिनेट नबित्दै दोस्रो पोजेटिभ सर्किट लागेको छ ।

पहिलो सर्किटपछि ११ बजेर २० मिनेट ५३ सेकेन्डमा  खुलेको बजार ११ बजेर २१ मिनेट ३५ सेकेन्डमै  दोस्रो पोजेटिभ सर्किट लागेको छ ।  दोस्रो सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको छ ।

यस अवधिमा १२२ कम्पनीका २ लाख २३ हजार ६९६ कित्ता सेयर ९ करोड १९ लाख ४२ हजार रुपैयाँमा खरीद बिक्री भएको हो।

सोमबार शेयर बजार खुल्नु हुनुभन्दा अघि खोलिने प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ५३ अंकले बढेर १ हजार ५३२ बिन्दुमा पुगेको थियो।

नेप्से ५ प्रतिशत अर्थात ७४.०२ अंकले बढेर १ हजार ५५३.०६ बिन्दुमा पुगेको छ। यस अवधिमा कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एशिया लघुवित्त र माछापुच्छ्रे बैंकको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ।

एनआईसी एशिया बैंक, एनएमबि बैंक, पुनर्बीमा कम्पनीको १ करोड बढीको सेयर कारोबार भएको छ। कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको स्थिर रहेको छ। कुनैपनि कम्पनीको सेयर मूल्य घटेको छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।