किन यसरी उफ्रियो सेयर बजार ? बजारमा तीव्र छलाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार बढ्नुको मुख्य कारण शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति हो । लगानीकर्ताले राखेका माग सम्बोधन हुने गरी मौद्रिक नीति आएपछि सेयर बजारमा उछाल आएको हो ।

मौद्रिक नीतिमा सेयर मार्जिन लेन्डिङ सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याइएपछि लगानीकर्ता थप उत्साहित हुँदा बजारले तीव्र छलाङ मारेको हो ।

त्यस्तै, मौद्रिक नीतिमार्फत बैंकहरुलाई कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न नपाउने, पूँजीगत लाभकर गणना गर्दा साविक १८० दिनको वेटेज एभरेज लिने गरिएकोमा त्यसलाई घटाएर १२० दिन बनाइएको छ । यस्ता व्यवस्थाले लगानीकर्ताको मनोबल उच्च हुँदा बजार बुम भएको अनुमान गर्न सकिन्छ ।

आज सेयर बेच्ने भन्दा किन्ने मान्छे धेरै देखिएका छन् । कारोबारमा आएक अधिकांश कम्पनीको सेयर किन्नै नपाइने अवस्था थियो । आगामी दिनमा बजार झन बढ्ने अनुमान गरेकाले सेयरबेच्नेभन्दा किन्नेको ओइरो लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।