सुनको भाउ फेरि बढ्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ।

गत शुक्रबारको तुलनामा साउन ४ गते आइताबार सुनको भाउ प्रतितोला ३ सय तथा चाँदी १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६५ रुपैयाँ र चाँदी प्रतितोला एक हजार ५ रुपैयाँ तोकेको छ।

गत शुक्रबार छापावाला सुन ९२ हजार २ सय, तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७६० रुपैयाँ, र चाँदी प्रतितोला ९९५ रुपैयाँ रहेको थियो।

गत बुधबार नेपाली बजारमा सुन सबैभन्दा उच्च मूल्यमा कारोबार भएको थियो। सो दिन छापावाल प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँ, र चाँदी प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।