शेयर बजारमा तेस्रो सर्किट,आइतबार पूरै दिनका लागि बजार बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं।तेस्रो सर्किट ब्रेक लागेपछि आज आइतबारको लागि नेपाल स्टक एक्सचेन्जमा शेयर करोबार बन्द भएको छ ।

शेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि आइतबार पूरै दिनका लागि शेयर कारोबार बन्द भएको हो।

कारोबार सुरु भएको ७ मिनेट अगावै ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको नेप्से २० मिनेट कारोबार रोक्का भई खुल्नेवित्तकै १ मिनेटमा नै थप १ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको थियो।

दोस्रो सर्किट लागेको ४० मिनेट पश्चात खुला भएको बजार १ मिनेटमा पुन: १ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको हो।

नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ। यस अवधिमा १११ कम्पनीका १ लाख ८० हजार कित्ता शेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्। पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।