ट्याक्टर दुर्घटना हुँदा सात जना मजदुरको मुत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्याक्टरमा सवारमध्ये आठमध्ये एक जना बाँचेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । – रासस ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।