अजोड इन्स्योरेन्सको आईपीओ आज ३ बजे बाँडफाँड हुने,२ लाख ७३ हजारले १० कित्ताका दरले शेयर पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अजोड इन्स्योरेन्सको आइपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको  छ । 

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिए । कम्पनीले ३० करोड  रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री गरेको थियो ।

कुल कित्ता १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको हो । 

बिक्री प्रबन्धकका अनुसार यस  आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको छ। त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।