सेनाका प्रवक्तामा सहायकरथी पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हाल्नुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उहाँले जिम्मेवारी सम्हाल्नुभएको हो । 

विभिन्न मिडियाका समाचारदातासँग जङ्गी अड्डामा बिहीबार भएको भेटघाटमा उहाँले सेना र आमसञ्चारका माध्यमबीच जनताको सुसूचित हुने अधिकारको रक्षा र राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा सन्तुलन बनाइराख्न जोड दिनुभयो ।  

उहाँले भन्नुभयो, ‘जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छांै, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई  समानान्तररुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन बिन्दु र प्रस्थान बिन्दु त्यही नै हो ।’ 

यसअघि  उहाँ जङ्गी अड्डास्थित १५ नं बाहिनी र आपूर्र्तित तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे हुनुहुन्थ्यो । उहाँ करिव १५ महिनाको प्रवक्ताको जिम्मेवारी पूरा गरी सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको नेतृत्व सम्हाल्न जाँदै हुनुहुन्छ । 

भेटघाटमा उहाँले सेना र प्रेसजगत् कार्य प्रकृतिका हिसाबले दुई भिन्न क्षेत्र भए पनि अखण्ड, समृद्ध, शान्त राष्ट्र नेपाल निर्माणमा दुवैको भूमिका र जिम्मेवारी उच्च र अन्योन्याश्रित छ भन्नुभयो ।

सहायक रथी पाण्डेले उहाँले भन्नुभयो, ‘आम जनतालाई सुसूचित पार्दै समृद्ध समाज निर्माणका लागि खबरदारी गर्ने प्रेसजगत् तथा जनता र देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने सेनाबीच कार्य प्रकृतिका हिसाबले भिन्न मान्यता रहे पनि राष्ट्रिय स्वार्थ र राष्ट्रियहित दुवै निकायको सर्वोपरी लक्ष्य हो ।’–रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।