बैंकलाई नगद लाभांश बाँड्न कडाइ, बोनस सेयरलाई प्रोत्साहन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्‍चालक समितिले चालु आर्थिक वर्ष ०७७/ ७८ मौद्रिक नीति पास गरेको छ ।

बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो ३ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक हुनेछ ।

मौद्रिक नीतिमार्फत् लाभांश दिन पाउने व्यवस्था मिलाउने भएको छ ।

शुक्रबार दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी गरिएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले नगद लाभांशमा कडाइ गर्दै बोनस सेयरलाई प्रोत्साहन गर्ने भएको छ । केन्द्रीय बैंकले नगद लाभांशमा अधिकतम सीमा नै तोक्ने भएको छ ।

राष्ट्र बैंकको व्यवस्थापन समितिले बिहीबार सन्चालक समितिसमक्ष पेश गरेको नयाँ मौद्रिक नीतिको अन्तिम मस्यौदामा बैंक तथा वित्तीय संस्थाले गतवर्षको नाफाबाट लगानीकर्तालाई दिने कुल लाभांशमा २० प्रतिशत नगद लाभांश र ८० प्रतिशत बोनस सेयर बाँड्न पाउने प्रस्ताव गरेको छ ।

यदी कुनै बैंकले २० प्रतिशत लाभांश दिन सक्ने क्षमता भएमा उसले ४ प्रतिशत नगद लाभांश दिनेछ भने १६ प्रतिशत बोनस सेयर दिने छ । शुक्रबार बिहान साढे ८ बजे सन्चालक समितको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिनेछ ।

‘सन्चालक समितिले केही हेरफेर गर्न सक्छ, तर मोटामोटी यही नै हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

लाभांश बाँड्न रोक लगाउँदा बैंकिङ क्षेत्रको ७५ प्रतिशत हिस्सा रहेको सेयर बजारमा पहिरो जानसक्ने सम्भावनालाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको स्रोतले जानकारी दियो ।

‘नगद लाभांशको सीमा तोक्नुको कारण भने सिस्टममा भएको रकम व्यक्तिको हातमा पुग्दा वित्तीय क्षेत्रमा तरलता अभाव हुनसक्ने जोखिमलाई कम गर्नु हो, बोनस बाँड्दा बैंकमा भएको पैसा बैंकसँगै हुने भएकाले तरलतामा चाप पर्दैन,’ केन्द्रीय बैंक स्रोतले भन्यो ।

यस्तै सेयर लगानीकर्ताले माग गरेको सेयर धितो कर्जाको मूल्यांकन ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याउने नीति केन्द्रीय बैंकले मौद्रिक नीतिबाट लिने भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।