तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सय घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोला १००५ मा कारोबार भएकोमा आज प्रतितोला १० रुपैयाँले घटेर ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।