जेठमा मात्र ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । गत जेठमा मात्र ९४ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको सोही महिनामा रेमिट्यान्स ३ प्रतिशतले घटेको हो । सो अवधिमा मुलुकमा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो ।

गत वैशाखमा रेमिट्यान्स ६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।