सुपका दलित विद्यार्थीलाई युवानेता भण्डारीद्वारा स्वास्थय सामाग्री वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । नेपाली  कांग्रेसका युवानेता क्षितिज भण्डारीले नेपाल दलित विद्यार्थी संघको धनगढी उपमहानगरपालिका र गोदावरी नगर समितिलाई स्वास्थ सामग्री हस्तान्तरण र बृहत जातिय सदभावना भेला गरेका छन् ।

लक डाउन र कोरोना पीडितलाई काठमाडौदेखि कैलालीसम्म चन्दा संकलन बिना लाखौं सहयोग गर्दै आएको हरिपृया प्रकाश फाउन्डेसनतर्फबाट पिपिई, फेस सिल्ड, मास्क, सेनेटाईजर सहित डाबर नेपाल कम्पनीको सुगर फ्री जुस ९ बर्षको नानी आराद्य्या भण्डारी र ७ बर्षकी क्यारोलिन भण्डारी मार्फत बितरण गरिएको नेबिसंघ का पुर्ब केन्द्रिय सदस्य बिनय लामा ले बताए ।

रुकुम हत्याकाण्डदेखी कैलालीको क्वारेन्टाइनमा बलात्कार र मेयर नृप ओडमाथी गाली बेईज्जती सहित बृहत् बिषयमा ३ घण्टा नेबिसंघका पुर्ब कावा केन्द्रिय अध्यक्ष क्षितिज भण्डारीको प्रमुख आतिथ्यतामा छलफल भएको नेबिसंघ पुर्ब केन्द्रीय सदस्य तपेन्द्र भुषालले बताए । सो  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भण्डारीले सुदुरपश्चिम र देशभरी जातीय विभेद र उत्पीडन अन्त्य गर्न अब स्कुलदेखि क्याम्पससम्म को पाठयक्रममा सचेतना लेख र कथाहरु राख्न माग गरेका छन । 

साथै  सामाजिक सद्भाव बढाउदै दलित अधिकार र आत्मसम्मानको रक्षाको लागि युवानेता भण्डारीले प्रतिबद्धता जनाएका छन् । लक डाउन र कोरोना पीडितको सेवाको लागि सक्रिय तपेन्द्र भुषाल र दिपक बिकलाई पिपिई र फेस सिल्ड सहित सम्माननित गरिएको नेता बिनय लामाले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।