ब्यापार घाटा १६ प्रतिशतले घट्यो, रेमिट्यान्समा ३ प्रतिशतको कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्र बैंकले गत आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थिति सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय अवस्था अनुसार रेमिट्यान्स घटेको छ ।

तथ्यांक अनुसार एघार महिनामा ७ खर्ब ७४ अर्ब ८७ करोडको रेमिटयान्स नेपाल भित्रिएको छ ।

अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ।

त्यस्तै साउनदेखि जेठ मसान्तसम्मको मुलुकको वित्तीय स्थितिअनुसार ब्यापार घाटा १६ प्रतिशतले घटेको छ। लकडाउनका कारण मुख्य बस्तुको आयात ठप्प हुँदा ब्यापार घाटामा कमी आएको राष्ट्र बैंकले औंल्याएको छ।

समग्रमा मुलुकको व्यापार घाटा १६.४ प्रतिशतले संकुचन आएको छ। एघार महिनामा मुलुकको व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.२ प्रतिशतले वृद्धि भएको थियो।

यस अवधिमा ८८ अर्ब रुपैयाँको सामान भारतसहित अन्य मुलुकमा निर्यात भएको छ भने ११ खर्ब ८१ करोडको आयात भएको छ। एघार महिनाको समीक्षा अवधिमा वस्तु आयात १५.३ प्रतिशतले घटेको हो भने निर्यात ०. २ प्रतिशतले मात्रै बढेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।