सिन्धुपाल्चोकमा फेरि पहिरो: एकै परिवारका ५ बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिन्धुपाल्चोकमा गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन्।

सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । स्थानियको अनुसार ग्यान्जेन शेर्पाको घर पहिरोले बगाएको हो।

तर उनी काठमाडौं बस्ने भएकाले बचेको र उनीबाहेक उनका आमा, श्रीमतीदेखि घरका सबै ५ सदस्य बेपत्ता भएको जनाइएको छ ।

एक साताअघि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा गएको बाढीपहिरोमा परेर बेपत्ता भएका २० जना अझै भेटिएका छैनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।